काठमाडौ। नेपाल सरकारको नगद रहित कारोवार अवधारणालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधालाई समेत ध्यानमा राखेर जनता बैंक नेपाल लिमिटेडले भिसा ईन्टरनेशनलसँग आवद्धभई देशभरी रहेका आफ्ना शाखा सञ्जालमार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट पिओएस सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् । जनता बैंक नेपाल लिमिटेडका ट्रान्जाक्सन बैंकिङ्ग विभागप्रमुख निरज शर्मा र आइमार्क प्रालि का प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले पिओएस सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।