arrow

मुल्य बृद्धिको बिरोधमा व्यवसायी सडकमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २६ शनिबार
Photo_Birod.jpg

स्याङ्जा । ‘सम्मृद्ध नेपाल खुशि नेपाली’ नारा लिएर सरकारको नेतृत्व गरेको वाम सरकार गठन भएस“गै ईन्धन र उपभोग्य वस्तुको मुल्य बृद्धि भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायी आन्दोलित भएका हुन् ।

आन्दोलनमा उत्रिएका व्यवसायीले मुल्य बृद्धि फिर्ता गर आम नागरिकको ढाड सेक्ने गरि भएको मुल्य बृद्धि गर्नेलाई कारबाही गर जस्ता नारा लगाएत पुतलीबजार नगरपालिकाका प्रमुख बजार क्षेत्र परिक्रममा गरेका थिए । उनीहरुले सरकार बिरुद्ध चर्को नारा समेत लगाएका थिए ।

“वाम नेतृत्वको सरकार गठन भएको करिब १ सय दिनमा पेट्रोलियम पदार्थको ५ पटक मुल्य बृद्धि हुनु लज्जास्पद हो ।” संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठले बजार परिक्रममा पछि व्यवसायीलाई सम्बोधन गर्दै भने, “भ्रष्ट्राचार नियन्त्रण र मृल्य बृद्धि रोक्ने सरकारको नारा केबल जनता झुक्याउने बहाना हो ।”

ओली नेतृत्वको सरकार बनेपछि काम भन्दा बढि गफ भएको भन्दै व्यवसायीले गफ नगरि काम गर्न सरकारको नेतृत्वलाई सुझाए । संसदमा पेश भएको बजेट पास नहुदै बजारमा मुल्य बृद्धि हुनुले आम नागरिक मुल्य बृद्धिको चपेटामा परेकोमा उनीहरुले दुःख व्यक्त गरे ।

“केहि दिनदेखि निरन्तर हरेक वस्तुमा बढेको मुल्य फिर्ता नभए हामी जस्तो सुकै आन्दोलनमा उत्रन तयार छौं ।” संघका तृतीय उपाध्यक्ष सुनिता पौडेलले भनिन्, “बजारमा हरेक वस्तुको मुल्य बृद्धि हुदा मुख दर्शक बन्ने सरकार छोटो समयमै अलोकप्रिय बन्दै गएको छ ।” सरकारले बजेट मार्फत अनावश्यक शिर्षकमा कर लगाएर व्यवसायीलाई समेत आतंकित पारेको उनको आरोप छ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ