arrow

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
nike-football.ashx.jpg.jpeg

नुवाकोट ।  नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो ।

नेपाल पुलिसलाई विजयी गराउन खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो । खेलको पहिलो हाफको ३३ मिनेटमा नेपाल पुलिसले पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्नबाट चुकेपनि दोस्रो हाफमा उत्कृष्ट प्रतिस्पर्धासहित लयमा फर्किएको हो ।

प्रतियोगिताको बिजेता नेपाल पुलिसले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता थ्रीस्टारले रु तीन लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट भएको टोलीलाई पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नुवाकोटमा व्यवस्थित खेल मैदानसहितको राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेल क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।  मन्त्री विश्वकर्माले केही सुस्त अवस्थामा रहेको नेपालको फुटबल क्षेत्रलाई आगामी वर्षदेखि निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाए ।

आयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बुद्धि प्रधानले पहिलो नुवाकोट गोल्डकपको सफलताले हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता जनाए ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा गत जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका दशवटा क्लबले सहभागिता जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ