arrow

पाँचथरमा आधुनिक अलैंची भट्टीप्रति कृषकहरु आकर्षित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ २७ आइतबार
alichi.jpg.jpeg

पाँचथर ।  पाँचथर फालेलुङ गाउँपालिका अलैँची कृषकहरुलाई अलैंची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीप्रति आकर्षित हुन थालेका छन् । अलैंची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने, सुकाइएको अलैंचीमा प्राकृतिक रङ र वास्ना हुने भएकाले किसानहरू आधुनिक प्रविधिप्रति आकर्षित भएका हुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ पाँचथरको आर्थिक तथा प्राविधिक सहयोग पश्चात जिल्लाको फालेलुङ वडा नम्बर २ र ७ का कृषकहरुले आधुनिक भट्टि बनाएपछि उनीहरुलाई सहज भएको छ ।

परम्परागत भट्टि भन्दा अहिलेका आधुनिक भट्टि निर्माण भएपश्चात दाउरा कम लाग्ने,श्रमिक कम लाग्ने,अलैँची पनि राम्रो सँग सुक्ने र अन्य भट्टिको तुलनामा यस भट्टि बाट अलैँची सुकाउँदा मूल्य समेत राम्रो पाउने भएको हुँदा आफूहरुलाई सहज भएको फालेलुङ ७ का कृषक पदम रिजालले बताए ।

परम्परागत भट्टीमा सुकाइएको अलैंची कालो रङ हुने भएकाले व्यापारीहरूले समेत प्राकृतिक रङ भएकै अलैंची खोज्ने गरेका छन् । कम समयमा सुक्ने भएकाले यसमा ओजन समेत बढ्ने उनीहरुको वुझाई छ ।

आधुनिक भट्टीमा २ सयदेखि ४ सय किलोसम्म काँचो अलैंची सुकाउने सकिन्छ । १० घण्टामा डेढ मन काँचो अलैंची सुकाउन सकिने सो भट्टीमा अलैंची सुकाउँदा अलैंचीको प्राकृतिक रङ र मौलिक वासना कायम हुने, दाउराको खपत कम हुने, अलैंची फुट्ने र धुँवा कम मात्र निस्कने गर्नाले प्रभावकारिता बढेको पाइन्छ ।

पाँचथरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन पाँचथरका कृषि अधिकृत प्रकाश विश्वकर्माले जिल्लामा ५७ वटा आधुनिक अलैंची भट्टीहरु संचालनमा आएको मध्ये ३० वटा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र अन्य १७ वटा जिल्ला कृषि विकास कार्यालयमार्फत वितरण भएको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ