arrow

अर्जुनधारा खुल्ला दिसामुक्त क्षेत्र घोषणा

logo
सागर गौतम,
प्रकाशित २०७५ जेठ २७ आइतबार
khudnabari.jpg

खुदुनाबारी ।  अर्जुनधारा नगरपालिकालाई एक समारोहका बीच खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । ”घरमा चर्पी सुन्दर धर्ती सफा टोल, वस्ती सारा, पूर्ण सरसफाईयुक्त पाछौ हाम्रो नगर अर्जुनधारा भन्ने नाराका साथ नगरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अर्जुनधारा नगरपालिकाले आयोजना गरेको समारोहमा खानेपानी तथा ढल विकास विभागका उप–महानिर्देशक मनोज घिमिरेले हरियो रङको झण्डा फर्रफराउँदै नगरपालिका  क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेका थिए । खुल्ला दिशामुक्त नगर समारोहलाई सम्बोधन गर्दैे उप–महानिर्देश्क घिमिरेले नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई नगरपालिकाले सम्बोधन गरेकोप्रति खुशी व्यक्त गरे ।

खुला दिसामुक्त क्षेत्र घोषणा गरिने लक्ष्यकासाथ सुरु गरिएको अभियानअन्तर्गत ६० हजार २ सय ४ जनसंख्या रहेको  नगरपालिका खुला दिसामुक्त हुनेमा झापाको तेस्रो स्थानिय तह हो । १३ हजार १ सय ११ घरधनिहरुले शौचालय निर्माण गरेर प्रयोगमा ल्याइएपछि खुला दिशामुक्त घोषणा गरिएको सरफाई प्रतिवेदन वाचन अर्जुनधारा नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत राधाकृष्ण खतिवडाले उल्लेख गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले  आम जनतामा सरसफाईबारे सकारात्मक चासो बढ्दै गएकाले अबको एक महिनामा झापा जिल्लालाई खुला दिसामुक्त घोषणा हुने बताए । पूर्ण सरसफाईयुक्त सँगै वातावरण मैत्री जिल्ला झापालाई बनाउन उनले स्थानीय तहलाई निर्देशन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एंवम अर्जुनधारा नगरप्रमुख हरि कुमार रानाले खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएर समाज विकासको  एउटा चरण सकिएको बताउँदै   स्थानीय जनताको सरसफाईप्रतिको जागरुकता, स्थानीय जनप्रतिनिधी र सरसफाई प्रतिनिधीहरुको सक्रियताले नगरलाई दिसामुक्त क्षेत्र घोषणा गर्न सम्भव भएको उल्लेख गरे । शनिश्चरे बजार, बसपार्क, खुदुनाबारी बजार, लक्ष्मीपुर बजार आसपासका क्षेत्रको फोहोर व्यवस्थापनका लागि खानेपानी तथा ढल विकास विभागको आफ्नो कार्यक्रम भए सहकार्य गरेर अघि बढ्ने उनले बताए ।  

नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख कमला खतिवडा, नेपाली काग्रेसका झापा सभापति उद्धव थापा, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्मा, फोकल पर्सन रुद्र न्यौपाने बोलेका थिए ।

कार्यक्रममा जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा सहयोग पुर्‍याउने अर्जुनधारा नगरपालिका सम्मानपत्र प्रदान गरिएको थियो भने वडाका प्रतिनिधि सहित संञ्चारकर्मीलाई सरसफाईको चिनो प्रदान गरिएको थियो । बरिष्ठ योजना अधिकृत हिमराज सेडाईको स्वागत रहेको कार्यक्रम संञ्चालन विजय तिम्सिनाले गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ