प्रम ओलीले लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्रीलाई गरे नियुक्त
प्रकाशित २०७५ जेठ २७ आइतबार
439
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन् ।
बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गर्नुभएको लगानी बोर्डको कार्यालयले आइतवार जनाएको छ ।