arrow

बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
budget-2075.JPG

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ । चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज जारी गरेको मुलुकको आर्थिक परिदृश्यमा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा  १ सय ३८ अर्ब २३ करोड पुगेको छ ।

 अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु ५१ करोड थियो । अघिल्लो वर्षको १० महिनामा चालु खाता रु सात अर्ब ५७ करोडले घाटामा रहेकामा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई रु १९१ अर्ब दुई करोड पुगेको छ ।

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालु खातामा उच्च घाटा भएको हो । अघिल्लो वर्षको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब ९३ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार आव १० महिनासम्ममा कूल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु ६६ अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैँची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवालगायत वस्तुको निर्यात बढेको तथा जिआइ पाइप, जुस, जुटको डोरी, उनी गलैँचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ