arrow

कुखुरा पालक किसान मर्कै मर्कामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २८ सोमबार
kukhura1.jpg

स्याङ्जा । व्यवसायमा कुखुरा पान अत्यन्तै फस्टाउदो र फाईदा हुनेमा मानिन्छ । त्यसैले पनि पछिल्लो समय वोइलर कुखुरा पाल्ने किसानहरुको संख्या बढेको छ । तर कुखुरापालनबाट किसानहरु भने खासै सन्तोजनक देखिएका छैनन् । स्याङ्जामा वोइलर कुखुरा पालक किसानको आम भेलामा किसानहरुले कुखुराबाट फाईदा नभएको गुनासो गरेका छन् । व्यवसायलाई एकतारुप दिन र सबै वोइलर पालक किसान संगठित हुन आयोजना गरिएको भेलामा अधिकाशं किसानहरुले कुखुराबाट खासै फाईदा नभएको गुनासो गरेका हुन् ।
 
कुखुराको चल्ला देखि गुणस्तरीय दाना, औषधी, ल्याव जस्ता समस्या देखि मुल्यको समानता नहुँदा कुखुरा पालक किसान मर्कामा परेको उनीहरुले बताए । सामान्यतया कुखुरामा कुनै रोग लाग्यो भने पोष्टमार्टमा लागि पोखरा जानुपर्ने समस्या किसानहरुका लागि निकै जटिल बनेको गुनासो उनीहरुको थियो । चल्ला र दाना खरिद गर्दा सप्लायर्सको मनोमानी र मासुका लागि तयार भएका कुखुरामा विचौलियाको दलालीले किसान मर्कामा परेको उनीहरुको भनाई छ ।

कुखुरा व्यवसाय गर्न धेरै युवाहरु इच्छुक हुदाहुदै पनि कुखुराका चल्ला र दानामा मनोमानी, औषधीको अभाव, ल्याव टेष्टमा समस्या, बजारीकरणमा समस्या र दक्ष प्राविधिक नहुनुले कुखुरा व्यवसाय फस्टाउन नसकेको उनीहरुको निष्कर्ष छ । किसानहरुको आम भेलालाई सम्वोधन गर्दै नेपाल कुखुरा पालक संघका केन्द्रिय अध्यक्ष झलक पौडेलले खुला नाका र गुणस्तरीय दानामा अनियमितता भएकै कारण कुखुरा व्यवसाय फस्टाउन नसकेको जिकिर गरे ।

 किसान संगठित नहुदा राज्यले हाम्रो गुनासो सुनेन केन्द्रिय अध्यक्ष पौडेलले भने,‘अधिकारका लागि सबै कुखुरा पालक किसान संगठित हुनु आवश्यक छ ।’ देशभरीका कुखुरा पालक किसानको संञ्जाल तयार गरेर सरकार र स्थानीय सरकारलाई घच्घचाउन सबै एकतावद्ध हुनु जरुरी छ पौडेलले भने । वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले कुखुरा व्यवसायबाट किसानलाई आत्मनिर्भर बनाउन सरकारले कृषि र पशुपालनमा बजेट बढाउनु पर्ने धारणा व्यक्त गरीन् ।

कृषि र पशुपालनमा आएको बजेटलाई किसान मार्फत अनुदान दिनुपर्ने धारणा राख्दै उपप्रमुख तिवारीले कृषिमा छुट्टाइएको बजेटलाई भौतिक निर्माणमा प्रयोग गर्न नहुने बताईन् । स्थानीय सरकारले किसानको प्रतक्ष्य समस्या बुझेर अगाडी बढ्ने प्रतिवद्धता समेत तिवारीले दिइन् । कुखुरा पालक, मासु व्यवसायी र सप्लायर्स विचको त्रिपक्षीय सम्वन्धमा सुधारको खाँचो रहेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । कुखुरा व्यवसायमा सामान्य विषयमा दक्षता हासिल गर्नुपर्ने धारणा राख्दै अध्यक्ष पौडेलले किसानमा दक्षता, ज्ञानको अभाव भएकै कारण कुखुरा व्यवसाय फस्टाउन नसकेको बताए ।

 भेलामा कुखुरा पालक संघका केन्द्रिय कोषाध्यक्ष अर्जुन घिमिरे, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देल, पशु सेवा कार्यालय वालिङका प्रमुख हुमनारायण श्रेष्ठ, देवकुमारी श्रेष्ठ, वालिङ मासु व्यवसायी संघका अध्यक्ष खेमराज रेग्मी, व्यवसायी निलकण्ठ तिवारी, राजेन्द्र थापा लगायतका बक्ताहरुले किसानलाई तालिम, अनुदान र व्यवसायको ज्ञानता बढाएर मात्रै व्यवसाय संचालनले किसानलाई समस्या नहुनेमा जोड दिए । जिल्ला भरका कुखुरा पालक किसानहरुको सहभागिता रहेको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ