सिभिल बैंकले मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने
प्रकाशित २०७५ जेठ २८ सोमबार
367
Shares
काठमाडौं। सिभिल बैंक लिमिटेडले बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने 'चन्द्रसूर्य बचत खाता' योजना ल्याएको छ।न्यूनतम मौज्दात दस हसार रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख सम्मको निःशुल्क दूर्घटना बीमा हुनुका साथै ग्राहकहरुलाई घरदैलो सेवा प्रदान गरिने बैंकले जनाएको छ।
बैंकले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा दुई सय २२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ। उक्त खातामा न्यूनतम मौज्दात भने तीन लाख रहनु पर्ने व्यवस्था गरेको बैंकले जनाउको छ।