arrow

राजेन्द्रकुमार शाक्यका तीन सुन पसलमा छापा, गरगहना सबै नियन्त्रणमा, शाक्य थुनामा

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करीको जरो समात्ने प्रयास

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
diamond-gold-jewellery.jpg.jpeg

काठमाडौँ ।  सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले सोमबार काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।

उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले सोमबार छापामारी गरगहना नियन्त्रणमा लिएको हो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ