फिफा विश्वकप भविष्यवाणी कार्यक्रम शिवम सिमेन्टद्वारा संचालन
प्रकाशित २०७५ जेठ २९ मंगलबार
440
Shares
काठमाडौं। फिफा विश्वकप २०१८ को महाउत्सवमा शिवम् सिमेन्टद्वारा फेसबुक फलोअरहरुका लागि आकर्षक पुरस्कार जित्ने अवसर प्रधान गर्ने भएको छ। उक्त योजना अन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने छन्।
हरेक खेलका सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्ने सक्ने कम्पनी जनाएको छ। यस खेलमा सहभागी हुन सहभागीले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ।
हरेक दिन हरेक खेलमा आएको उत्तरहरूमध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिनेछ। हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा आएर पुरस्कार प्राप्त गर्न सक्नेछन्।
पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको खेल यस पटक पनि निरन्तरता दिएको कम्पनीले जनाएको छ। यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नेछन्। यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आमव्यक्तिहरुलाई थप उत्सास एवं मनोरञ्जन प्रदान गर्ने गरी यस खेल संचालन गरिरहेको छ।