विश्वकप २०१८को अवसरमा सामसङले घोषणा गर्यो “फिल द गेम” योजना
प्रकाशित २०७५ जेठ २९ मंगलबार
908
Shares
काठमाडौं। सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसरमा “फिल द गेम” योजना प्रस्तुत गरेको छ। यस योजना अन्तर्गत सामसङ टिभिहरुको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ। रसियामा हुन गइरहेको विश्वकप फुटबललाई प्रत्यक्ष हेर्ने भनेको टिभिमा नै हो र यस अवसरमा ग्राहकहरुलाई विशेष छुट सहित अन्य अफरहरु पनि प्रस्तुत गरेको छ।
सामसङका SUHD TV, Curved TV, UHD TV, Smart TV, Non Smart TV, FHD, HD TV का विभिन्न मोडेलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको छ। यसका अतिरिक्त सम्पूर्ण टेलिभिजनहरुमा २ वर्षको फुल वारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफर Samsung Digital plaza haru bata प्रस्तुत गरेको छ। इएमआई सुविधाको लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटहरुमा गई खरिद गर्नु पर्ने छ। यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरेसम्म नेपाल अधिराज्यभरका लागू गरिएको छ।
टिभि खरिदमा प्रदान गरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स, भयोदा अस्पताल, केजिएच ग्रुप जस्ता अन्य विभिन्न प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य गरी ती कम्पनीले प्रदान गर्ने सेवामा छुटको लागि गिफ्ट भौचरको व्यवस्था पनि मिलाएको छ।
साथै उल्लेखित टिभिहरुको खरिदमा ग्राहकलाई विशेष कुपन प्रदान गरिने छ र प्राप्त हुने कुपनलाई लक्की ड्रमा समावेश गरिने छ। लक्की ड्र मार्फत प्रथम हुनुहुने विजेताले टर्किस एयरको राउन्ट ट्रिप, तथा अन्य विजेताहरुले क्रमशः सामसङको 5 in 1 रेफ्रिजेरेटर, ग्यालेक्सी S9 स्मार्टफोन, ग्यालेक्सी S6+, ग्यालेक्सी 7 डुयस जित्न सक्नुहुने छ।
यस योजनामा सहभागी हुन ग्राहकले टिभि खरिद गर्दा प्राप्त हुने कुपनलाई सुरक्षित राख्नु पर्दछ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungnepalofficial योजना समाप्त भएपछि गराइने छ।