मूल्यवृद्धिको विरोध गर्दा प्रहरीसंग घम्साघम्सी, नेविसंघका जिल्ला अध्यक्ष अधिकारी घाइते
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
385
Shares
धादिङबेशी । बजेट घोषणागलत्तै दैनिक अत्यावश्यकीय खाद्यबस्तु र सेवा क्षेत्रमा अनपेक्षित महंगी बढार्इएको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले धादिङबेशीमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीसँग भएको घम्साघम्सीमा जिल्ला अध्यक्ष र्इश्वर अधिकारी सामान्य घार्इते भएको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।
नेविसंघले केहिदिन यता देशका विभिन्न स्थानमा मूल्यबृद्दि र महंगीविरूद्द प्रदर्शन गरिरहेको छ ।