arrow

सगुनमा लगानी गर्ने समयसीमा अन्तिम पटकको लागि जुलाई २६ सम्म यथावत् रहने 

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
sagoon.jpeg

अमेरिका । सामाजिक इकर्मस साइट सगुनले अमेरिकन सेक्युरिटी एक्सचेन्जको स्वीकृतिमा बिश्वभरबाट लगानी जुटाउन पाएको समयसीमा अन्तिम पटकको लागि आगामी जुलाई २६ सम्म यथावत् रहने जनाएको छ ।
 
पछिल्लो समयसीमा जुन १५ तोकिएता पनि अमेरिकन सेक्युरिटी एक्सचेन्जले दिएको अन्तिम समय जुलाई २६ सम्म नै निरन्तरता दिने सगुनका फाउन्डर गोबिन्द गिरीले प्रेस नोट मार्फत जानकारी दिएका छन् । 

उनले भनेका छन् ‘सगुनलाई बिश्वभरबाट विश्वास गरेर सयौंको संख्यामा साथ र सहयोग प्राप्त भैरहेको छ । लगानीको माध्यमबाट स्वामित्व लिनेहरु पनि बढिरहेका छन् ।’

गिरीले जारी गरेको नोटमा भनिएको छ, ‘हालसम्म विश्वभरबाट ३००० भन्दा बढी लगानीकर्ताले सगुनमा लगानी गरिसकेका छन् । 

हिस्दूस्तान टाइम्स पनि हाम्रो लगानीकर्ताको रुपमा भित्रिएको छ । नयाँ लगानीकर्ताहरु पनि छिटो छिटो बढिरहेका छन् । मुख्य गरेर विश्वभर छरिएका नेपाली र भारतीय समुदायको विश्वास सगुनप्रति बढिरहेको छ । 

अझ भारतको नयाँ दिल्लीमा सन् २०१८ को जनवरीमा एन्ड्रोइट एप सार्वजनिक भएपछि सगुनका प्रयोगकर्ताहरु उल्लेख्य मात्रामा बढिरहेको समेत जनाइएको छ । 

केही समयअघि भारतीय चर्चित अभिनेत्री मन्दीरा वेदीले सगुनमा लगानी गरेको भिडियो सार्वजनिक भएपछि बलिउडमा समेत यसको चर्चा चुलिएको थियो ।

सगुनमा लगानी गर्न चाहनेले सगुनको लगानी पेज www.sagoon.com/invest मा गएर त्यहाँ भएको लगानी सम्बन्धी फर्म भरेपछि प्राप्त मेलको आधारमा आफ्नो खाता भएको बैंकबाट वायर र चेक ट्रान्फर गरेर जुलार्इ २६ सम्म नै लगानी गर्न सकिने जनाइएको छ । 

कतिपय देशबाट भने डेबिट र क्रेडिट कार्ड मार्फतसमेत लगानी गर्न सकिने जनाइएको छ । नेपालभित्रबाट लगानी गर्न नसकिए पनि बिदेशमा बस्ने नेपालीहरुको बैंक खाता भएमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

लगानी सम्बन्धी सम्पूर्ण जानकारी सगुनको इन्भेष्ट पेजमा भएको चौबिसै घण्टा खुल्ने लाइभ च्याटबाट समेत जानकारी पाउन सकिने बताइएको छ ।

जारी नोटमा गिरी भन्छन् – नेपाली र भारतीयहरुको सहकार्यमा नयाँ सामाजिक सञ्जाल बनाएर दक्षिण एसियाबाट विश्वको ध्यान खिच्ने लक्ष्य रहेको छ ।

हाल सगुनले अमेरिका, भारत र नेपालमा कार्यालय राखेर सामाजिक इ–कमर्स साइड सगुनको निर्माण तथा प्रचार–प्रसार गरिरहेको छ । लगानीका लागि अन्तिम अवसरको सदुपयोग गर्नसमेत सबैलाई गिरीले आव्हान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ