arrow

ब्राजिलको बस्ती अर्जेन्टिनाको झण्डाले रंगियो !

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
argentina-flag.jpg

एजेन्सी। विश्वकप फुटबल सबैभन्दा धेरै पटक जितेको देश ब्राजिलमा एक गाउँले आफ्ना घरका भित्ताहरुमा अर्जेन्टिनाको झण्डा बनाएका छन्।  ब्राजिल र अर्जेन्टिना दक्षिण अमेरिका महादेशका दुई शक्तिशाली फुटबल खेल्ने देशहरु हुन् र दुई देश बिचको फुटबलमा हुने प्रतिस्पर्धाले बिश्वको ध्यान जहिले पनि तानेकै हुन्छ ।

यस्ता प्रतिस्पर्धि देशमा एक देशका बासिन्दाले अर्को देशको समर्थन गर्ने कुरा सुन्दै अनौठो लाग्ने हुन्छ तर सत्य भएको छ।

ब्राजिलको राजनीतिक अव्यवस्था र भ्रष्टाचारले गर्दा बिरोध स्वरुप ब्राजिलका एक गाउँका बासिन्दाहरुले आफ्नो बस्तीमा रहेका घरका पर्खालहरु अर्जेन्टिनाको झण्डाले रंगाएका छन्।

राजनीतिक र आर्थिक दुरावस्था र आउँदो निर्वाचन पनि अनिश्चित भएको हुनाले बिरोध स्वरुप त्यस्तो कदम चालिएको त्यहाँको पत्रिकाले जनाएको छ।

ब्राजिलको उत्तर पुर्वी क्षेत्रको पिआउवा प्रान्तको एक गाउँमा स्थानीयले बिरोधको नयाँ स्वरुप प्रयोग गरेका हुन्। 'हामीले सराकरको बिरोध गर्ने योजना बनायौं र छलफल गर्दै जाँदा अर्जेन्टिनाको झण्डाले बस्तीका पर्खालहरु रंगाउने निर्णयमा पुगेका हौं। ' एक स्थानीयले बताए।

उक्त बिरोध स्वरुप आइतबार हुने अर्जेन्टिना-आईसल्याण्डको खेल हेर्ने र ब्राजिल-स्विजरल्याण्डको खेल नहेर्ने पनि उनीहरुले बताएका छन्। ५ हजार ८०० जनसंख्या रहेको उक्त स्थानमा ब्राजिलको बिरोध गर्ने बताईएको हो ।

'हामीलाई ब्राजिलको फुटबलमा कुनै पनि बिश्वास रहेको छैन्। जर्मनीसँग ७-१ले पराजित भएपछि हामी झन निराश भएका हौं स्थानियले बताए। ब्राजिलमा राजनीति देखि फुटबल संघमा समेत उच्च भ्रष्टाचार रहेको कुरा बेला बेलामा संचार माध्यमहरुमा आईरहन्छन्। (साभार: अर्जेन्टिना टप न्युज)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ