arrow

वाणगंगामा ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असार २ शनिबार
powertiller.jpg

कपिलवस्तु ।  वाणगगा नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा खेत जोत्ने पावर टिलर मेसिन वितरण गरेको छ ।  १२ वटा  पावर टिलर ५ नं प्रदेशका मुख्य मन्त्री शकर पोख्रेलले कृषकहरुलाई वितरण गरेका हुन् ।

 १ लाख ८० हजार पर्ने पावर टिलरमा कृषक सहकारी तथा समुहहरु वाट जम्मा ९० हजार लिई उक्त पावर टिलर मेसिन वितरण गरिएको हो । वितरण समारोहमा वोल्दै मुख्य मन्त्री प्रोख्रेलले कृषि क्षेत्रको विकासको लागी प्रदेश सरकारले प्रयाप्त बजेट विनोयोजन गरेको हुंदा व्यवसायिक रुपमा किसानहरुले काम गरी रोजगार सिर्जना गर्नु पर्ने बताए । त्यस्तै प्रदेश सभा सदस्य विष्णु पन्थीले कपिलवस्तु उब्जनीको भण्डारको जिलला भएको हुंदा कृषिमा नया योजना र उन्नत प्रविधि अपनाई खेति गर्नको लागी आफुले पहल गरेको बताए ।


 वाणगा नगरपालिकाका नगर प्रमुख मगल थारुले नगरपालिकाले कृषि क्षेत्रमा योजना वनाई युवाहरुलाई कृषि पेशामा आर्कषण गराउनको लागी अनुदानमुलक काम गरेको बताए । साथै आगामी वर्षमा समेत कृषि , पशु, सहकारी मार्फत कृषि क्षेत्रको् विकासको लागी नगरपालिका प्रदेश सरकार र केन्द्रिय सरकार मिलेर काम गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा वाणगगा ११ का अधियमन सहकारी संस्था लिमिटेडका लेखा संयोजक  दुर्गा प्रसाद गैरेले नगरपालिकाले उपलब्ध गराएको पावर टिलरले साना किसानहरुको आयआर्जन र व्यवसायमा निकै नै सहयोग पुग्ने बताए । नगरपालिकाले सूचना प्रकाशित गरि मागका आधारमा निश्चित मापदण्डका आधारमा १२ जना किसानहरुलाई छनौट गरी उक्त मेसिन वितरण गरीको कृषि सेवा शाखाका प्राविधि पदम घिमिरेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ