arrow

लखेटिएका आप्रवासीलार्इ शरण दिँदै स्पेन

logo
प्रकाशित २०७५ असार ३ आइतबार
aprabasi.jpg

काठमाडौं । स्पेनले भ्यालेन्सिया आइपुगेका सयौं आप्रवासीहरुलाई आफ्नो मुलुकमा शरण दिने भएको छ । आइतबार स्पेनले मेडिटेरियन सागरबाट उद्धार गरिएका छ सय ३० आप्रवासीहरुलाई शरण दिने तयारी गरेको हो । 

गएको साता लिबिया नजिकैबाट तीन एक्वारियल जहाजमा छ सय ३० आप्रवासीहरुलाई उद्धार गरिएको थियो । स्पेनले आप्रवासीहरुलाई स्वागतको लागि ब्यानरको पनि तयारी गरेको छ । 

यसलाई मुलुकका केही मन्त्रालयका अधिकारीहरुले पनि सहयोग गर्नेछन् । स्पेनको नयाँ समाजवादी सरकारले निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने बताएको छ भने उनीहरुको रोगको विषयमा पनि परीक्षण गर्नेछ । स्पेनले मानव अधिकारको रक्षाको लागि उनीहरुलाई आफ्नो मुलुकमा शरण दिने निर्णय गरिएको जानकारी दिएको छ । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो पदभार ग्रहण गरेसँगै आप्रवासीमैत्री नियमको पक्षमा वकालत गर्दै आएका छन् । भ्यालेन्सियामा अहिले एक हजार रेडक्रसका कर्मचारीहरुले काम गरिरहेका छन् । उनीहरुले आप्रवासीहरुलाई सहयोग पुर्याइरहेका छन् । अधिकारीहरुका अनुसार अहिले उद्धार गरिएका आप्रवासहरुमा बालबालिकाका साथै केही गर्भवती महिलाहरु पनि रहेका छन् । 

इटालीमा शरण लिन पुगेका उनीहरुलाई इटालीमा नयाँ सरकार आएसँगै प्रवेश गर्न दिइएको थिएन । इटालीमा प्रवेश नपाएपछि उनीहरु स्पेनतर्फ लागेका थिए । 

इटालीका आन्तरिक मामिलामन्त्री आप्रवासीको मामिलामा निकै कठोर भएर लागेका छन् । स्पेनले पनि इटालीले उनीहरुलाई शरण दिनुपर्नेमा नदिएको बताएको छ ।

स्पेनले आप्रवासीहरुलाई मानव अधिकारको पूर्णरुपमा पालना गर्दै आफ्नो मुलुकमा शरण दिने निर्णय गरेको हो । यसअघि फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोनले पनि इटालीको आप्रवासीहरुलाई शरण नदिने निर्णयको आलोचना गरेका थिए । इटालीले गैर जिम्मेवार बन्दै यस किसिमको निर्णय गरेको उनले भनाइ थियो । 

फ्रान्सको सरकारले स्पेनसँग आप्रवासीको मामिलामा वार्ता गरी सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएको थियो । यस महिनाको अन्तिममा हुन गइरहेको ईयूको बैठकको लागि यो विषय सबैभन्दा महत्वपूर्ण मुद्दा हुनसक्ने बताइएको छ । 

Map showing the route of the Aquarius

Red Cross volunteers mount a tent at the point of arrival of refugee vessel Aquarius and two other Italian ships expected tomorrow at the port of Valencia, Spain, June 16, 2018



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ