arrow

चार सन्तानका बाबु बने अविवाहित रोनाल्डो

logo
प्रकाशित २०७५ असार ३ आइतबार
ronaldo13.jpg

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वकपको पहिलो खेलमा ह्याट्रिक गरेको कारण अहिले चर्चामा छन् । उनको निजी जीवनको विषयमा भने धेरैलाई थाहा नहुन पनि सक्छ । रोनाल्डोका तीन प्रेमिकाहरुबाट चार सन्तान रहेका छन् ।  उनकी अहिलेकी प्रेमिका तथा स्पेनी मोडल जर्जियाना रोड्रिगेजले हालसालै मात्र एक पुत्रीको जन्म दिएकी छिन् । पछिल्लो एक वर्षदेखि उनी रोनाल्डोसँग रिलेसनमा रहेकी थिइन् ।

जर्जियाना विश्वप्रसिद्ध ब्राण्ड गुक्कीको मोडल रहिसकेकी छिन् । सन् २०१६ को अन्तिममा उनको भेट रोनाल्डोसँग भएको थियो । गुक्कीको सो रुममा केही खरिद गर्नका लागि भएको अवस्थामा उनीहरुको बीच भेट भएको थियो । उनीहरु सार्वजनिक स्थानमा हात समाएर हिँड्न थालेपछि भने उनीहरुको सम्बन्धको विषयमा चर्चा सुरु भएको थियो ।

विश्वकपका लागि रुस प्रस्थान गर्नुअघि रोनाल्डोको चौथो सन्तानको रुपमा पुत्रीको जन्म भएको हो । उनले आफ्नो छोरी जन्मेकोमा निकै खुसी रहेको बताएका थिए । उनले आफ्नो छोरीसँगको तस्बीर खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका थिए । सन् २०१६ मा नै रोनाल्डो पूर्व मिस स्पेन डेजियर कोर्डेरोसँग प्रेम सम्बन्धमा थिए तर रोनाल्डोलाई उनले प्रयोग गर्न खोजेको भन्दै भन्दै उनीहरुको सम्बन्ध टुटेको थियो । यसअघि रुसी सुन्दर इरिनाको साथमा अफेयर चलेको बताइँदै आएको थियो । अब रोनाल्डोको विवाह भएमा इरिनासँग नै हुने बताइँदै आएको छ ।

इरिनाको साथमा रोनाल्डो चार वर्ष सम्बन्धमा रहेका थिए । लामो समयसम्म रोनाल्डोको साथमा रहेको भए पनि उनीहरुको बीचमा विवाद, टकराव, ब्रेकअपजस्ता धेरै अवरोधहरु सिर्जना भएका थिए ।  रोनाल्डोका पूर्व प्रेमिकाहरुको कुरा गर्ने हो भने लामो सूची निस्किन्छ । उनी पहिलोपटक बाबु बन्दा २५ वर्षका थिए । उक्त बच्चाको आमाको नाम भने उनले कहिल्यै पनि बताएनन् । यद्यपि रोनाल्डो जुनियरकी आमा एक बारगर्ल रहेको बताइन्छ । उनले बच्चालाई जन्म दिएपछि रोनाल्डोलाई सुम्पिएकी थिइन् । अहिले उनको छोरो सात वर्षको भएका छन् ।

अझै पनि रोनाल्डोका दुई जुम्ल्याहा छोरी र एक धर्मपुत्र छोरा सेरोगेसीबाट भएका छन् । समाचारमा बताइएअनुसार आमाको नाम गोप्य राख्ने विषयमा उनले प्रेमिकासँग सम्झौता पनि गरेका थिए । रोनाल्डोले आफ्नो सन्तानको आमाको पहिचान गरेको यो पहिलोपटक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ