arrow

ललित स्मृति फुटबलमा सरस्वती र लुम्बिनीको ‘मेडन’ जित

logo
प्रकाशित २०७५ असार ४ सोमबार
ANFA-football.jpeg

काठमाडौँ । यहाँ जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८) को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको समूह ‘ए’ को खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई २–० गोल अन्तरले हराएको हो । सरस्वतीको प्रतियोगितमा यो पहिलो जित हो । सरस्वतीका लागि सुवास कार्की र मनकुमार राईले गोल गरेका थिए । 

सरस्वतीले यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो । सरस्वती आर्मीसँग ४–० ले तथा न्यूरोड टिम ९एनआरटी०सँग १–० गोलअन्तरले पराजित भएको थियो । मच्छिन्द्रको यो लगातार दोस्रो हार हो । मच्छिन्द्र यसअघि एनआरटीसँग पराजित भएको थियो । 

यसैगरी, सोही मैदानमा भएको अर्को खेलमा लुम्बिनी फुटबल क्लबले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्यो । लुम्बिनीका लागि मोहन थापा र सुन्दर खड्काले गोल गरेका थिए । एनआरटीका लागि एकमात्र गोल रोजित पुडासैनीले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ