arrow

मूल्यबृद्धि विरूद्ध नेविसंघले सडकमै पकायो, सडकमै खायो

logo
प्रकाशित २०७५ असार ४ सोमबार
nsu-khana.jpg

काठमाडौं ।  सरकारले गरेको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ त्रिवि समितिले सामूहिक भोजन कार्यक्रम गरेको छ ।

सरकारले पटक पटक पेट्रोलियम पदार्थ तथा दैनिका उपभोगका सामानहरुमा गरेको मूल्य वृद्धिले गर्दा बाहिर जिल्लाबाट काठमाडौँ आएर भाडामा वस्ने विद्यार्थीहरुको दैनिक जिवनमापनमा समस्या परेपछि कीर्तिपुर क्षेत्रमा चामल, नून, तेल, दाल, तरकारी मागेर दाउराले खाना पकाई बीच सडकमा खाना खाँदै सरकारको मूल्य वृद्धि विरुद्ध आन्दोलन गरेको नेबिसंघ केन्द्रिय महामन्त्री कुन्दन राज काफ्लेले बताए।

कार्यक्रममा नेविसंघ महामन्त्री कुन्दन काफ्ले, केन्द्रीय सदस्य शुशिल भट्ट, नवराज त्रिपाठी, प्रकाश सेढाई  सहितका नेता तथा कार्यकर्ताको उपस्थिती रहेका थियो । काफ्लेले आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको बताउछन् ।

कार्यक्रममा बोल्दै नेविसंघ त्रि.वि अध्यक्ष हरि आचार्यले सरकारले मूल्यबृद्धि फिर्ता नगरेसम्म आन्दोलन चलिरहने बताए

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ