arrow

इन्भेष्टमेण्ट बैंकको सल्यानमा शाखा विस्तार

logo
प्रकाशित २०७५ असार ४ सोमबार
Lanti_Branch_Photo.jpg

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सल्यानको छत्रेश्वरी गाउपालिकास्थित लान्तीमा आफ्नो ७२औ शाखा विस्तार गरेको छ । १२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई सो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने छ ।

 
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको बैकले जनाएको छ ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र निजी क्षेत्रको बैंक रहेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १ सय वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ