arrow

प्राइमद्वारा मृत्यु दाबी ७३ लाख रकम हस्तान्तरण

logo
प्रकाशित २०७५ असार ४ सोमबार
prime-life-insurence.jpg

काठमाडौं। जीप दुर्घटनामा मृत्यु भएका भुवन पन्तका परिवारलार्इ प्राइम लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ। मृतक पन्तले कम्पनीमा ४१ लाख रुपैयाँको बीमा गरेका थिए। 

मृतकका बुबा भवानीदत्त पन्तलाई जीवन बीमा रकम र दुर्घटना लाभसहित ७३ लाख ६६ हजार ५ सय रुपैयाँको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्तान्तरण गरेका हुन्। कम्पनीले शनिवार महेन्द्रनगर शाखामा एक कार्यक्रम आयोजना गरी दाबी रकम हस्तान्तरण गरेको हो। मृतकका बुवा भवानी दत्त पन्तलार्इ चेक मार्फत दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ