arrow

एसियाली खेलका लागि दुई कोरियाको संयुक्त टोली बन्ने

logo
प्रकाशित २०७५ असार ४ सोमबार
korea1_LZTS.jpg

सोल । दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् । आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही खेलहरुमा उनीहरुले संयुक्त टोली बनाउने सहमति सोमबार गरेका हुन् ।

दुई देशका खेलकुद सम्बन्धी निकायका उच्च अधिकारीहरुको संयुक्त बैठकले खेलाडीहरुको संयुक्त टोली बनाउने निर्णय गरेको हो ।
सो प्रतियोगिताको उद्घाटन र समापन समारोहमा पनि दुई देशले संयुक्त प्रदर्शन गर्ने तय भएको अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियाको संस्कृति, खेल र पर्यटन मन्त्रालयले गत अप्रिल २७ तारिखका दिन भएको दुई कोरियाको पहिलो शिखर वार्तामा नै एसियन खेलकुदमा संयुक्त सहभागिताबारे सम्झौता भएको जनाएको छ ।  यसअघि गत फेब्रुअरीमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा पनि दुई देशले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ