arrow

खर्च नभएको रकम फिर्ता गर्न निर्देशन

logo
प्रकाशित २०७५ असार ४ सोमबार
Ministry-of-General-Administration.jpg.jpeg

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खर्च हुन नसकेको रकम फिर्ता गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षको अनुदानमा वितरण गरिएको रकम खर्च हुन नसकेको भए त्यसलाई फिर्ता गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको मन्त्रालयका आर्थिक प्रशासन शाखाका उपसचिव अर्जुनप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अनुदान शीर्षकमा केन्द्रले पठाएको कक्षा १ देखि १० सम्मका शिक्षकको तलब, स्वास्थ्य केन्द्र तथा पशु केन्द्रका कर्मचारीको तलब, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, गरीबसँग विश्वेश्वर कार्यक्रम र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका खर्च हुन नसकेका रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

ती शीर्षकमा असारमसान्तसम्म खर्च नभए कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत फिर्ता गर्न निर्देशन दिएको उपसचिव पौडेलले बताए  । मन्त्रालयले आव २०७४-०७५ का लागि अनुदान शीर्षकअन्तर्गत ७६ अर्ब ४१ करोड ६७ लाख ५८ हजार विनियोजन गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ