arrow

एभरेष्ट बैंकको नयाँ शाखा सीतापाइलामा

logo
प्रकाशित २०७५ असार ४ सोमबार
Picture-2.jpg

काठमाडौं। एभरेष्ट बैंकले सीतापाइलामा  शाखा बिस्तार गरी सेवा प्रारम्भ गरेको छ । पंजाब नेशनल बैंकको संयुक्त लगानी रहेको बैंकमा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एल.भि. प्रभाकरले शाखाको उद्घाटन गरेका थिए।

शाखा उद्घाटन कार्यक्रममा बैंकका संस्थापक निर्देशक अरुणमान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हालसम्म नेपालका विभिन्न स्थानमा गरि  आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ