arrow

नेयमारले विश्वकपको आगामी खेल गुमाउने आशंका

१९९८ मा एलन सियररमाथि ११ पटक फाउल

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
Neymar_Injury_Brazil.jpg

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहरुले नेयमार ब्राजिलको आगामी खेलमा अनुपस्थित हुनसक्ने आशंका बढेको हो ।

स्विट्जरल्याण्डसँगको खेलको क्रममा १० पटक नेयमारमाथि फाउल भएको थियो । १–१ को बराबरी भएको उक्त खेलमा भएको फाउलहरुको कारण उनको गोलिगाँठोको चोट बल्झिएको हुनसक्ने बेलायती अनलाइन पत्रिका द सनले बताएले छ ।

आगामी खेलको लागि तयार हुन नेयमारलाई केही दिनको आराम आवश्यक रहेको बताइएको छ। स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो ।

सन् १९९८ मा एलन सियररमाथि ११ पटक फाउल गरिएको थियो । नेयमारलाई स्विट्जरल्याण्डसँगको खेलमा निकै मार्क गरिएको थियो । आगामी शुक्रबार ब्राजिल र कोस्टारिकाको बीचमा खेल हुँदैछ । समुहको दोस्रो खेलअन्तर्गत ब्राजिलले कोस्टारिकाको सामना गर्दा नेयमारले आराम गरिरहेका हुनसक्छन् ।

यसअघि ब्राजिलका प्रशिक्षकले रुस विश्वकप सुरु हुनुभन्दा अगाडि नेयमार शतप्रतिशत भने ठिक नभएको बताएका थिए । नेयमारले स्विट्जरल्याण्डसँगको पूरै समय खेलेका थिए तर अन्तिम समयमा उनले पूरा शक्ति लगाएर खेल्न नसकेको देखिएको थियो ।

ब्राजिलका प्रशिक्षक टाइटले स्विट्जरल्याण्डसँगको खेलपछि विश्वको सबैभन्दा महँगा खेलाडीलाई कोस्टारिकासँगको खेलमाा आराम दिँदै अर्को खेलका लागि फिट गर्ने निर्णय लिनसक्ने बताइएको छ ।

गएको फेब्रुअरी महिनामा नेयमारको खुट्टामा देखिएको चोटको कारण उनले त्यसयता कुनै पनि ब्राजिलको खेलमा सहभागिता जनाएका थिएनन् । त्यसयता उनको लागि यो विश्वकप पहिलो प्रतियोगिता हो ।

स्विट्जरल्याण्डसँगको खेलमा आफूमाथि भइरहेको आक्रमणको विषयमा रेफ्रीलाई पनि उनले यसलाई रोक्नको लागि अपिल गरेका थिए तर रेफ्रिले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए । स्विट्जरल्याण्डले नेयमारलाई नै लक्षित गर्ने आफूहरुको कुनै नियत नरहेको बताएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ