arrow

यूनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई

logo
प्रकाशित २०७५ असार ६ बुधबार
RameshKumarBhattarai-United.jpg

काठमाडौं।  यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।

असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो ।

कम्पनीले असार ४ गते सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहितकरिब १९ वर्ष बीमा व्यवसायको अनुभव गरेका भट्टराई अर्काे व्यवस्था नभएसम्मका लागि का.मु. सीईओमा नियुक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सीइओ शेखर बरालले १ वर्ष कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएपछि कम्पनीमा उक्त पद रिक्त थियो । बरालले असार १ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ