arrow

एसियाली खेल र साफ फुटबलका लागि छानिएका ३३ जनामा को–को परे ? 

logo
प्रकाशित २०७५ असार ६ बुधबार
Coach-in-training--nepali-team-news.jpeg

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योतुको कोजीले  इन्डोनेसियामा हुने १८औँ एसियाली खेल ‘एसियन गेम्स’ र बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसिपका लागि ३३ खेलाडी छनोट गरेका छन् । 

प्रशिक्षक कोजीले सुरुमा प्रशिक्षणमा बोलाएईका ५० जनाबाट ३३ खेलाडी छानेका  हुन् । ३३ जनाको प्रशिक्षणबाट अन्तिम टोली तयार हुनेछ । 

एसियाली खेल अन्तर्गत फुटबलमा २३ वर्ष मुनिको टोलीले प्रतिस्पर्धा गर्नेछन् जसमा ३ जना २३ वर्षमाथिका हुनेछन् । तर, साफ च्याम्पियनसिप राष्ट्रिय टोलीले  खेल्नेछ । मुख्य प्रशिक्षक कोजीले अहिले विश्वकप चलिरहेकाले खेलाडी छान्नलाई समय उपयुक्त भएको बताएका छन् ।

को–को परे ३३ जनामा ? 

गोलरक्षक  
किरण कुमार लिम्बु
विकेश कुथु
विशाल श्रेष्ठ
एलान न्यौपाने
सोजित गुरुङ

रक्षक
विराज महर्जन
अनन्त तामाङ
रविन श्रेष्ठ
आदित्य चौधरी
सुमन अर्याल
रवि शिलवाल
कमल श्रेष्ठ
दिनेश राजवंशी
देवेन्द्र तामाङ
गौरव बुढाथोकी
मान बहादुर तामाङ
सन्तोष तामाङ

मध्यपंक्ति
रोहित चन्द
विशाल राई
हेमन गुरुङ,
हेमन्त थापा मगर
छिरिङ गुरुङ
अन्जल विष्ट
सुनिल वल
सुजल श्रेष्ठ
निराजन खड्का

अग्रपंक्ति 
विमल घर्ती मगर
भरत खवास
नवयुग श्रेष्ठ
जर्ज प्रिन्स कार्की
सुमन लामा
अभिषेक रिजाल
तेज तामाङ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ