arrow

चैनपुर -ताक्लाकोट सडक अबरुद्ध, यात्रुहरुको बिचल्ली

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार ६ बुधबार
chainpur_taklakot.JPG

बझाङ। चैनपुर ताक्लाकोट सड्क खण्डको तल्कोट गाँउपालिका १ को  बयालधारमा पहिरोले सडकअबरुद्ध भएको छ । सदरमुकाम चैनपुरबाट तल्कोट गाँउपालिको रुवातोला सम्म गाडी गुड्ने सो सड्कमा डोजरले फराकिलो गर्दा माथीबाट पहिरो आएपछि सडक बन्द भएको हो ।

तल्कोटगाँउपालिका र साईपाल गाँउपालिको एक मात्र सड्क खण्डमा यसरी पहिरोले अबरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । तल सेती नदी र माथी एकदमै भिरै भिर भएकाले अन्य ठाँउबाट पैदल हिड्ने समेत बाटो नभएका कारण यात्रुहरुलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ ।

  मंगलबार बेलुका  डोजरले सडक फराकिलो बनाउने क्रममा सडकको माथीबाट ठूल ठूला ढुङ्गा सहितको पहिरो आई मान्छेसम्म हिड्ने बाटो नराखेपछि सदरमुकाम चैनपुरबाट जाने यात्रुहरुले बयालधारमा गएर रोकिनु परेको स्थानिय जोगा धामीले बताए । पहिरो खोल्नका लागी सडक निर्माणको कम्पनीले पहल गरि रहेको छ ।  जोखिमपूर्ण ठाँउ, तल एकदमै भिरालो र माथीबाट ठूला ठूला ढुङ्गा सहितको पहिरो हावा लागे पनि झर्ने भएकाले काम गर्न एकदमै असहज भएको सडकका पेटी ठेकेदार बिर्ख बहादुर थापाले बताए । उनले भने 'हामीले बिकल्प सोची रहेका छौ ,सडक खोल्ने प्रयत्न गरि रहेका छौ , र सडक खोल्न एक दुई दिन लाग्न सक्छ' ।

साबिसका चार वटा गाबिस तथा हालको दुई वटा गाँउपालिको प्रमुख बाटो नै यसरी बन्द भएपनि आपतकालिन अबस्थामा हिडेका मान्छे अलपत्र परेका छन् । तल्कोट गाँउपालिका १ का वडा अध्यक्ष गोपाल धामीले भने 'आज गाँउपालिको कार्यालयमा महत्वपूर्ण बैठक थियो पहिरोले बाटो बन्द भएपछि सहभागी हुन सकिएन्' । उनले भने 'ठेकेदार कम्पनीको प्रतिनिधीलाई छिटो बाटो खोल्नका लागी आग्रह गरि सकेका छौ सम्भवत एक दुई दिनमा खुल्छ होला' ।

त्यस्तै साईपाल गाँउपालिका ३ घर भएका सुनिल बोहोराले भने 'पसलका लागी सामान लिएर आएको थिए, हिजो देखि बाटो अबरुद्ध भएकाले यही बसेको छु खै अब कहिले खोल्छ हेरौ सारै समस्या भयो' ।  यसरी बाटो बन्द भए पछि ति गाँउपलिका हरुमा दैनिक उपभोग्य बस्तु समेत कृतम अभाव हुने देखिएको छ ।
    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ