हच्किए ट्रम्प, सर्वत्र आलोचनापछि आप्रवासीका बच्चासंग बाबुआमा अलग गर्ने नीति फिर्ता
प्रकाशित २०७५ असार ७ बिहिबार
827
Shares
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादित आप्रवासी नीतिमा लिएको निर्णय फिर्ता लिएका छन् । आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने प्रकृतिको नियम विपरितकै नीति लिएपछि उनी सर्वत्र आलोचित भएका थिए ।
उनले आफु जताततैबाट आलोचित भएपछि आप्रवासीका बच्चा उनकै परिवारसँग रहन दिने बाचा गर्दै ट्रम्पले एक आदेशमा हस्ताक्षर गरेका हुन् ।
अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा लिइने पनि जनाइएको छ । तर आमाबाबुलाई हिरासतमा लिँदा बच्चालाई गलत प्रभाव पर्ने देखिएमा भने अलग्गै राखिने छ ।
बाबुआमासँग बिछोड भएका बच्चाको तस्वीरले आफूलाई बिचलित बनाएकाले पूर्व आदेश रद्द गर्न आदेश दिएको तर्क ट्रम्पले गरेका छन् ।
आफ्नी पत्नी मेलानिया र छोरी इभान्का पनि बाबुआमासँग बच्चालाई अलग नगर्ने पक्षमै रहेको उनले उल्लेख गरेका छन् ।