arrow

वैदेशिक रोजगार व्यवसायीको उठिवास : १९७ कम्पनीको लाइसेन्स खारेज 

कालाे सूचीमा पर्नेमा मलेसियाकै ५२ वटा

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
bidess.JPG

काठमाडौँ । सरकारले १९७ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ । वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने त्यो संख्याका कम्पनीको इजाजतपत्र खारेजी गरेको हो ।  

वैदेशिक रोजगारीमा गई समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा र कतिपय नियमित नभएका कारण इजाजत रद्द गरिएको विभागले जानकारी दिएको छ । 

विभागका प्रवक्ता उद्धवराज रिजालका अनुसार उजुरी नपर्ने यस्ता वैदेशिक रोजगार कम्पनी एकदमै थोरै छन् । अधिकांश कम्पनीका उजुरी समाधान हुन्छन् । गम्भीर खालको अपराध गरेका कम्पनीको इजाजत खारेजी गरेको भन्दै उनले खारेजीमा पर्ने अधिकांश कम्पनी गम्भीर अपराध गर्ने नै भएको सुनाए ।

केही कम्पनीको भने ऐन नियमावली अनुसार नियमित नभएका वा नवीकरण नभएका कारण पनि इजाजत खारेजी गरिएको उनले बताए । यस्तै, वैदेशिक रोजगार विभागले नेपालबाट श्रमिक आपूर्ति गर्दैै आएका ६४ रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको छ । मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई)का ६४ कम्पनीलाई कालो सूचीमा राखिएको हो । 

विभागका निर्देशक एवं प्रवक्ता रिजालले नेपालबाट रोजगारीका लागि ती देश पुगेका नेपाली युवालाई दुःख दिने, समस्यामा पार्ने, अलपत्र बनाउने र सम्झौता अनुसारको तलब–सुविधा नदिने रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएका जानकारी दिए । 

उनका अनुसार रोजगारीका क्रममा समस्यामा परेका पीडित श्रमिकले विभागमा गरेको उजुरीका आधारमा रोजगार गन्तव्य देशका ६४ वटा रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको छ । 

विभागका अनुसार कालो सूचीमा पर्नेमध्ये मलेसियाका मलेसियाका ५२ वटा कम्पनी छन् । यस्तै, साउदी अरब पाँचवटा, युएईका चारवटा र कतारका तीन गरी ६४ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ