arrow

जनरल इन्स्योरेन्सले थाल्यो बीमा कारोबार

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले  कारोबार सुरु गरेको छ। कम्पनीले हात्तीसार काठमाडौंमा कर्पोरेट कार्यालय खोलेर कारोबार सुरु गरेको हो। 
 
कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालयको शुभारम्भ गरेका छन्। कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ। 
 
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा प्रतिष्ठित व्यापारिक घरानासमेतको लगानी रहेको कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने तयारी भइरहेको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ