arrow

प्रदेश सांसदकै अगुवाइमा मुआब्जा माग्दै भैरहवा विमानस्थलमा आन्दोलन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार ८ शुक्रबार
bhirawa.jpg

बुटवल । मुआब्जा नपाएका स्थानीय वासिन्दाले भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गरेका छन् । विमानास्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नभएकाले स्थानीय जग्गाधनीले अवरोध गरेका हुन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ ९१० का प्रदेश सभा सांसद सन्तोष पाण्डेले मुआब्जा नपाएका स्थानीयको अगुवाइ गरेका छन् । उनले हातमा चेक नपाएसम्म निर्माण अघि बढ्न नदिने बताए ।आयोजनाले रकम निर्धारण गरेको २ महिनामा मुआब्जा वितरण गरिसक्ने आश्वासन दिए पनि एक वर्षभन्दा बढी बितिसक्दा पनि मुआब्जा नपाएको कारण अवरोध गरिएको सांसद पाण्डेले बताए ।

विमानस्थलले निर्माण आयोजनाले दिएको प्रतिबद्धताअनुसार मुआव्जा वितरण नगरेको, मुआब्जामा रकममा पनि लाभकर लगाएको लगायतका विषयमा असन्तुष्टि जनाउदै उनीहरुले विमानास्थलको निर्माणाधीन रनवेमा अवरोध गरेका हुन ।करिब ५० प्रतिशत निर्माण सकिएको विमानास्थलको प्रगतिमा मुआव्जा पीडितहरुको अवरोधले काम नरोकिदा सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन ।

यता गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले अर्थ मन्त्रालयले ५ अर्ब रकम निकासा गरिसकेको र सो रकम आयोजनाको खातामा नआउदासम्म मात्र यो समस्या रहने बताए ।

चालु आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ वितरण गरिसकेको बताउदै शर्माले अहिले आउने ५ अर्ब वितरणको लागि वितरणअघि गर्नुपर्ने सबै काम सकिएको बताए । उनले रकम खातामा आएपछि करिब ४ सय २५ जनालाई मुआव्जा वितरण शुरु गर्ने जानकारी दिए । रनवे निर्माण कार्यमा अवरोध भए पनि विमानस्थल निर्माणका अन्य कार्यहरु सञ्चालन भइरहेको उनले दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ