arrow

मन्थली माविलाई २० थान सिसि टिभी, विद्यार्थीलाइ शैक्षिक सामग्री

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
ramechhap-nsu-stationary.jpg

रामेछाप। सदरमुकाम मन्थलीको मन्थली उच्च माध्यमिक विद्यालयमा कालिन्चोक फाउन्डेसन र नेपाल विद्यार्थी संघले एक कार्यक्रमका बिच शैक्षिक सामग्री र सिसिटिभी विद्यालयलाई हस्तान्तरण गरेको छ।

शुक्रबार एक कार्यक्रमका बीच पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतले हस्तान्तरण एवम वितरण गरे। कार्यक्रममा महतले विकासले फड्को मारिसकेको उल्लेख गर्दै समयानुकुल शिक्षण प्रणाली र प्रविधि प्रयोग गर्दै शिक्षाक्षेत्रमा सुधार गर्नुपर्ने बताए। उनले गुणस्तरमा ध्यान दिएर शिक्षालाइ अगाडि बढाउनु पर्ने बताए । 

मन्थली माविमा अध्यनरत कक्षा १ देखि १० सम्मका १ हजार ७६ जना विद्यार्थीमा  १देखि ६ सम्मका ५२६ जनालाई झोला र २ दर्जन कापि तथा ७ देखी १० का ५सय ५०जनालाई १ दर्जन कापी, डट्पेन,झोला र जेमिट्री बक्स वितरण गरियो। दिगो विकासलाई टेवा शिक्षामा गुणस्तरीयता भन्ने उद्देश्य सहित नेपाल विद्यार्थी संघले स्थापनाकाल देखिनै शैक्षिक क्षेत्रमा काम गर्दै आएको हो। 

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी,नेपाली काँग्रेसका जिल्लास्तरिय नेता पुर्व पाटी अध्यक्ष रामचन्द्र खट्का , रामेछाप प्रदेश ख का उपविजेता उमेदवार जित बहादुर मगर , नेविसंघ केन्द्रीय सदस्य रत्नहरि ढुङ्गेल लगाएतले आफ्नो भनाइ राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ