arrow

फर्चुना इन्भेष्टमेन्ट र ग्वीझाउ सिल्करोड इन्भेष्टमेन्टबीच पौन ५ अर्बको सम्झौता

logo
प्रकाशित २०७५ असार ९ शनिबार
bawani-rana.jpg

काठमाडौं। नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्राली र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच एक लगानी समझदारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित नेपाली दूताबासमा उक्त समझदारी गरेकी हुन्। 

समझदारी अनुसार राणाको कम्पनी फर्चुनाले चीनको ग्वीझाउबाट ४६ मिलियन डलर अर्थात करिब पौने ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी भित्र्याउनेछ। उक्त सम्झौतामा फर्चुनाका अध्यक्ष राणा र चिनियाँ कम्पनी ग्वीझाउका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ झाउले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सो लगानी नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा गरिने फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक प्रवलजंग पाण्डेले जानकारी दिए।

विशेषगरी उच्च पहाडी भू–भागमा कृषिजन्य वस्तुको उपलब्धता, आधुनिकिकरण एवं यान्त्रिकरण गरी कृषिजन्य वस्तुको उत्पादन र प्रोसेसिङमार्फत गुणस्तरीय कृषिजन्य वस्तुको चीनतर्फ निर्यातमा सो लगानी भित्र्याइन लागिएको बताइएको छ। यसैगरी पूर्वाधार अन्तर्गत ट्रान्समिसनलाईन विस्तार, सोलार पावर, स्मार्टसिटी र हाइवे क्षेत्रको विकास र विस्तारमाजस्ता क्षेत्रमा लगानी गरिनेछ। सम्झौता अनुरुप पर्यटन क्षेत्रको विकास र विस्तारसँगै होटल तथा रिसोर्ट संचालनका लागि पनि सो लगानी प्रयोगमा ल्याइने निर्देशक पाण्डेले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ