arrow

सक्रिय गाईपालक कृषकलाई प्रोत्साहन स्वरुप बीस हजार दिइने

logo
प्रकाशित २०७५ असार ९ शनिबार
cow-farm.png

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वप  २० हजार पाउने भएका छन् ।

आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कम्तीमा दुई वटा गाई पालेका कृषकलाई गोठ सुधारका लागि  १५ हजार र दानापानीका लागि  पाँच हजार गरी  २० हजार नगदै प्रोत्साहनस्वप दिने कार्यविधि बनाइएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए । यसका लागि  १० लाख बजेट छुट्याइएको छ ।

उक्त प्रोत्साहन रकम वडा नम्बर १ र ७ देखि बाहेकका वडाका कृषकले मात्रै पाउने कडरियाले बताए । यी दुई वटा वडाले पहिलेदेखि नै पशु स्वास्थ्य कार्यालयबाट गोठ सुधारकै लागि छुट्टै रकम पाउँदै आएकाले गाउँपालिका स्तरबाट नपाउने भएका हुन् ।

प्रोत्साहन रकम लिनका लागि कृषकले दैनिक सात लिटर दूध उत्पादन गरेको हुनुपर्नेलगायतका नियम बनाइएको छ भने नियम पालना भए-नभएको अनुगमनसमेत गरिने भएको छ । यसरी प्रदान गरिने रकम गाईको स्याहारदेखि बाहेकका काममा खर्च गर्न नपाउने प्रावधानसहित वितरण गर्ने तयारी भएको हो । एक वडामा बढीमा १० जना सक्रिय कृषकलाई छनोट गरी वितरण गरिने बताइएको छ ।

पशुपालनका हिसाबले जिल्लाका अन्य क्षेत्रको तुलनामा सिदिङवा गाउँपालिका निक्कै अघि रहे पनि पछिल्लो समयमा पछि पर्दै गए पछि यस्तो नीति अवलम्बन गरिएको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा पर्ने साविकका सुम्खीम, कालीखोला र सादेवा गाविसमा अन्य क्षेत्रको तुलनामा बढी गाईगोठ रहेको बताइन्छ । गाईपालक कृषकलाई प्रोत्साहन दिने निधो भएसँगै यस गाउँपालिकामा दूध उत्पादन बढ्ने र किसानको पनि आम्दानी बढ्न सक्ने गाउँपालिकाको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ