arrow

हुमीकुमारीलाई स्वर्णिम प्रतिभा पुरस्कार

logo
प्रकाशित २०७५ असार ९ शनिबार
humakumari.jpg

पाल्पा । हेफर ईन्टरनेशनल नेपालले ग्रामिण महिला किसान हुमीकुमारी पाँडे मगरलाई स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरेको छ ।हेफर ईन्टरनेशनल नेपालको पश्चिमाञ्चल कार्यक्षेत्रका ८ जिल्लाबाट छनोट भई हुमीकुमारी पाँडे मगर पुरस्कृत भएकी हुन् ।

  संघीय सासंद दलबहादुर राना, ५ नं प्रदेश सांसद नारायणप्रसाद आचार्य, हेफर ईन्टरनेशनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मी, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले संयुक्त रुपमा ७० हजार रुपैयाँको चेक तथा सम्मान पत्र हस्तान्तरण गरे। पूर्व भूमिसुधार मन्त्री एवम संघीय सांसद दलबहादुर रानाले पुरस्कार प्रदान गर्दै ग्रामीण भेगका महिलालाई सामाजिक र आर्थिक रुपमा अगाडी बढाउन यस्ता पुरस्कारले अन्य महिलालाई समेत हौसला बढाउने बताए । प्रदेश सांसद नारायण आचार्यले गाउमा बसेर कृषि र पशुपालनको क्षेत्रमा अगाडी बढाउन पुरस्कारले थप उत्साहित बनाउने बताए ।
 
हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा.तीर्थराज रेग्मी, नेपाल पत्रकार महासंघ पाल्पाका सभापती राजेशकुमार अर्याल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष गंगीसरा सिंजाली लगायतले दुर्गम बस्तीमा रहेका महिलाले पनि अवसर पाए गाउँमै आम्दानीका श्रोत बढाउन सक्ने विचार व्यक्त गरे ।पुरस्कृत हुमीकुमारीले हेफर ईन्टरनेशनल नेपालबाट उपहार स्वरुप प्राप्त १० वटा बाख्रा, प्राविधिक सहयोग र घाँसबाट २ वर्षमै व्यवसायिक बाख्रापालन गरी बार्षिक अढाई लाख कमाउन सफल भएकी छन् ।  हुमीकुमारीले बंगुरपालन, माछापालनका साथै समाज सेवा समेत गर्दै आएकी छन् ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ