प्यूठानको शैक्षिक ईतिहासमा पहिलो रेकर्ड चुमे सागरले
प्रकाशित २०७५ असार १० आइतबार
686
Shares
प्यूठान। शैक्षिक सत्र २०७४ को एसईई परिक्षामा प्यूठानको प्यूठान नगरपालिका ७ टिकुरीको सामान्य परिवारमा जन्मेका सागर बैद्यले प्यूठानको शैक्षिक इतिहाँस चुम्न सफल भएका छन् । उनि नेपालमै उत्कृष्ट २४ जना मध्येको लिस्टमा परेको उनले अध्ययन गरेको बिध्यालय भक्तपुर बालकोटस्थित प्रेशष पब्लिक इङ्लिस स्कुलले जनाएको छ।
शैक्षिक सत्र २०७४ मा एसईई परिक्षा दिएका मध्ये उत्कृष्ट २४ जनामा परेका बिध्यार्थीले ए प्लससँगै ४ जिपिए ल्याउनेहरुले नेपाल टपको सुचिमा आफू परेको दाबी गर्ने गरेका छन् । सागर बैद्यले पनि आफू नेपाल टपर भएको दाबी गरेकाछन् । उनले कक्षा ७ सम्म प्यूठानको वाग्दुला स्थित प्यूठान भ्याली एकेडेमीमा अध्ययन गरेको उनका बुबा कोषल बैद्यले जानकारी दिए । उनि स्वास्थ्यकर्मी हुन् ।
हालसम्म प्यूठान जिल्लाबाट ४ जिपिए ल्याई उत्कृष्ट हुने कोही नभएको शिक्षा विकास समन्वय ईकाइको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शिव पण्डितले जिल्ला भित्र अध्ययन नगरेको भए पनि जिल्लाबासीले शैक्षिक इतिहास रच्न सफल भएकोमा सागरलाइ बधाइ समेत दिएकाछन् । साथे उनले जिल्ला भित्रबाट एसईईमा पासहुने सबै बिध्यार्थीलाई पनि बधाइ दिएकाछन् ।