arrow

फिदिम नगरको बजेट सार्वजनिक

logo
प्रकाशित २०७५ असार १० आइतबार
phidim_nagarpalika_map.png

पाँचथर ।  पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक बर्ष ०७५-७६  का अनुमानित ६३  करोड ९० लाख ३४ हजार रुपैँयाको बजेट सार्वजनिक गरेको छ । फिदिम नगरपालिकाको तेस्रो नगर परिषदबाट पारित नीति, कार्यक्रम, बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

बजेट मध्ये नगरपालिकाको नगद मौज्दात ७ करोड रुपैया,संघको वित्तिय समानीकरण तर्फ १५ करोड २ लाख ६५ हजार रुपैया,प्रदेश वित्तिय सामानकिरण तर्फ ३९ लाख ९३ हजार रुपैया,बहुक्षेत्रीय पोषणमा १८ लाख ९० हजार रुपैया,यस्तै सशर्त अनुदान तर्फ २८ करोड १३ लाख रुपैया,राजस्व बाँडफाँड तर्फ ९ करोड ८५ लाख ८६ हजार रुपैया तथा आन्तारिक आय तर्फको अनुमान ३ करोड ३० लाख गरी जम्मा ६३ लाख ९० हजार ३४ रुपैयाको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाको समृद्धि र विकाशलाई अघि वढाउन २० वटा निती तथा कार्यक्रमहरु समेत पारित गरिएको छ । जसमा कृषि तथा सिंचाई सम्वन्धी निती,बालवालिका सम्वन्धी निती,भौतिक पूर्वाधार,यातायात सम्वन्धी,सूचना तथा संचार सम्वन्धी,भवन आवास तथा शहरी विकाश सम्वन्धी,विपद् ब्यवस्थापन सम्वन्धी,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी नीति,सामाजिक तथा गैह्रसरकारी संस्था सम्वन्धी नीति,स्वास्थ्य सम्वन्धी नीति,खानेपानी तथा सरसफाई सम्वन्धी नीति,शिक्षा तथा खेलकुद सम्वन्धी,वातावरण सम्वन्धी,पर्यटन,संस्कृति सम्वन्धी,सहकारी नीति पारित गरिएको हो ।

कृषि तथा सिंचाई सम्वन्धी नितीमा पशु तथा कृषि विमामा जोड दिइने,कृषि तथा पशुपन्छि बजार,बजार सूचना केन्द्र तथा हाटबजारलाई ब्यवस्थित गरिने,अलैँचीको पकेट क्षेत्रलाई अझ विस्तार गर्दे दिर्घकालिन बनाउन पुराना विरुवालाई विस्थापन गरि नयाँ विरुवा लगाउने नीति अवलम्व गरिने,एक घर एक करेशाबारी नीतिलाई कडाइका साथ अवलम्बन गरिने फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताए ।

बालवालिकालाई निशुल्क रुपमा उपलब्ध गराईने स्वास्थ्य सुविधाको विस्तार र गुणस्तरमा वृद्धि गरिने,सवै प्रकारका बाल श्रमलाई न्यूनीकरण गर्दे यस आ.व.भित्रमा बाल श्रम मुक्त नगरको घोषणा गरिने भएको छ । मेची राजमार्ग लगायतका अन्य सडकहरुको क्षेत्राधिकार अन्र्तगत निर्माण गरिएका घर,टहरा तथा घुम्ती हटाईने,चालु आ.व.मा नै बसपार्क संचालनमा ल्याईनेछ । मापदण्ड पुगेका सडकको दायाँ बाँया हरियाली कायम गर्ने कार्यक्रम संचालन गरिने,फिदिम नगरपालिकालाई स्मार्ट सिटी तर्फ विस्तारै उन्मूख गराइँदै लगिने फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले निती तथा कार्यक्रम प्रस्तुतका क्रममा जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रतिनिधी सभाका सांसद बशन्त कुमार नेम्बाङ्गले नगरपालिकाले ल्याएका निती तथा कार्यक्रमहरु राम्रा रहेको भन्दै यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ्गले यस तेस्रो नगर सभाबाट आएका निती तथा कार्यक्रमहरु फिदिम नगरलाई समृद्धि र विकाशको सवालमा जोड दिने किसिमको आएको बताए । यी निती तथा कार्यक्रमलाई कार्यान्वयन गराउन सवै नगरवासीको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिती सभापति बिमल सापकोटा, नेकपाका नेता राज कुमार भण्डारी,नेपाली काग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ, नेकपा मालेका नेता लय बास्कोटा,उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपाल,नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना लगायतले मनतब्य ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ