arrow

युएई पनि नेपालमा रेल बनाउन इच्छुक

लगानी सम्बन्धि ३दिने वैठक सोमबारबाट

logo
प्रकाशित २०७५ असार १० आइतबार
electric-railway.jpeg

काठमाडौं । नेपाल र युएई बीचमा ब्यवसायिक लगानीको सम्भाव्यता अध्ययन सम्बन्धि सरकारीस्तरमा सोमबारदेखि  ३ दिनसम्म वैठक हुने भएको छ।

काठमाण्डौको याक एन्ड यति होटेल र विभिन्न मन्त्रालयमा दुई पक्षबीच महत्त्वपूर्ण बैठक हुने भएको हो । उक्त बैठकमा रेल सम्बन्धि प्रस्ताब पनि युएईको तर्फबाट राखिने जानकारी छ । 

युएईबाट नेपाली प्रतिनिधि मण्डलमा बिजनेस काउन्सिल युएईका अध्यक्ष डा. आसिफ अलि सिद्दिकी र नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खतिवडा र विभिन्न मन्त्रालयका सचिव रहने कार्यतालिका छ ।

सोमबारबाट हुने बैठकको लागि युएईबाट उक्त टिम आइतबार नै नेपाल आइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ