arrow

अष्ट्रेलियाको क्रिकेट रौनक ध्वस्त, इंगल्याण्डद्धारा क्लिनस्वीप

logo
प्रकाशित २०७५ असार ११ सोमबार
england-cricket.jpg

काठमाडौं । एक दिवसीय क्रिकेटको वरियतामा सबैभन्दा लामो समय शीर्ष वरियतामा रहन सफल अष्ट्रेलिया पछिल्लो समय ध्वस्त हुँदै गएको छ । 

दुई प्रमुख खेलाडीहरु बल बिगारेको आरोपमा कार्वाहीमा परेपछि खस्केको क्रिकेट अहिले इंगल्याण्डसंग झन् छताछुल्ल भएको छ । 

अष्ट्रेलिया इंगल्याण्डसंग पाँच खेलको सिरिजमा ५–० ले पराजित भयो । म्यान्चेष्टरमा आइतबार राति भएको अन्तिम खेलमा इंगल्याण्ड एक विकेटले विजयी भयो । 

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३४.४ ओभरमा अलआउट हुँदै २०५ रनमात्र बनाउन सक्यो । ६ खेलाडीले दोहोरो रन जोड्न सकेनन् । पहिलो विकेटका लागि ६० रनको साझेदारी भए पनि त्यसपछि ब्याट्सम्यानहरु क्रिजमा टिक्न नसक्दा सस्तैमा रोकिए । 

ट्राभिस हेडले ५६ रन बनाए । मोइन अलीले ४६ रन दिएर ४ विकेट लिए । जवाफमा इंगल्याण्डले जोस बट्लरको ११० रन नटआउटको मद्धतले ४८.३ ओभरमा ९ विकेटको नोक्सानीमा विजयी पायो । 

५० रन जोड्दा ५ विकेट गुमाइसकेको इंगल्याण्डका लागि बट्लरले जिताए । दोस्रो सर्वाधिक रनका रुपमा एलेक्स हेल्स र अदिल रसिदको समान २० रन सामेल थियो । 

बिल्लि स्टानलाक र केन रिचर्डसनले ३–३ विकेट लिए । बट्लर म्यान अफ द म्याच र म्यान अफ द सिरिज भए । 

एक दिवसीयमा खराव खेलेको अष्ट्रेलियाले इंगल्याण्ड यात्राका क्रममा अब एक मात्र टी–२० बुधबार बर्मिङघममा खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ