प्रधानमन्त्रीले चीन भ्रमणबारे मंगलबार संसद्लाई जानकारी गराउने
प्रकाशित २०७५ असार ११ सोमबार
648
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने भएका छन् । उनि चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।