arrow

मोहियानी जग्गा बाडँफाडका लागि भदौ ४ गतेसम्म मात्रै निबेदनको म्याद

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
bhumishudhar.JPG

काठमाडौं । सरकारले मोहियानी हकमा दोहोरो स्वामित्व अन्त्य गर्ने भएको छ ।  मंगलबार जारी सूचनामा मोही र जग्गा धनीबीच जग्गा बाँडफाँटको निवेदन आउने भदौ ४ गतेभित्र सम्बन्धित कार्यालयमा दिइसक्न कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्रालयले भनेको छ ।
 
त्यसका लागि कृषि मन्त्रालय अन्तर्गतको ‘मोहियानी समस्या समाधान इकाई’ ले जग्गा बाँडफाँटको निवेदन आह्वान गरेको छ ।जग्गाधनी र मोहीले जग्गा बाडफाडको लागि निबेदन दिने म्याद भदौ ४ गतेसम्मका लागि तोकेको छ । यो म्याद भित्र सम्बन्धित कार्यालयमा जग्गाधनी र मोहीले  निबेदन दिइसक्नुपर्नेछ । एक बर्षभित्र मोही सम्बन्धि समस्या अन्त्य गर्ने लक्ष्य राखिएकाले मन्त्रालयले मोहीयानी समस्या समाधान इकाई गठन भई कार्यरत रहेको छ । २०७६ भदौ ४ गतेसम्म निबेदन निबेदन फछर्यौट गरीसक्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

उल्लेखित मितिभित्र दोहोरो स्वामित्व अन्त्य गरिसक्नुपर्ने भएकाले सके्सम्म चाडो निबेदन दिन मोही र जग्गाधनीलाई भनेको छ ।कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले गत वैशाख २३ गते आफ्नो कार्ययोजना सार्वजनिक गर्दै एक वर्ष्भित्र मोहियानी समस्या समाधान गर्ने घोषणा गरेका थिए ।

मन्त्रालयले भूमिसुधार र मालपोत कार्यालयहरुलाई जग्गा बाँडफाँटको लागि मोही तथा जग्गा धनीहरुबाट निवेदन दिन आउन सूचना प्रवाह गर्न, प्राप्त भएका निवेदनमाथि तदारुकताका साथ छानबिन गरी बाँडफाँट सम्बन्धी निर्णय गर्न, बाँडफाँटमा कुनै समस्या भए समाधानका लागि विभागमा पठाउन पनि निर्देशन दिएको छ ।
 
साथै यी कामको नियमित प्रगति विवरण विभागमा र मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ ।
हेर्नुहोस् सूचना

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ