काठमाडौं। जनता बैंकले जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं ५ स्थित थलहमा शाखा विस्तार गरेको छ । साथै, बाँकेको बानियाभार, कैलालीको चिसापानी र स्याउले बजार, कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ् कारोबार सुरु गरेको छ ।
हाल बैंकले देशभरी बाट ११९ शाखा, ४७ शाखा रहित बैंकिङ्, २ सिमित बैंकिङ् ईकाइ, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।
आफ्ना निक्षेप ग्राहकलाई लाभ पुर्याउने उद्देश्य सहित बैंकले १० लाख रुपैंयासम्मको दुर्घटना बीमा र बार्षिक १ लाखसम्मको औषधी उपचार सुविधा सहित जनता सुरक्षा बचत खाता सञ्चालन ल्याएको छ ।