arrow

अर्जेन्टिना र नाइजेरियाबीचको ‘भाइटल म्याच’ मा रेफ्रीले किन दिएनन् ह्याण्डबल ? 

logo
प्रकाशित २०७५ असार १३ बुधबार
arg-nig-handball.jpg

काठमाडौं । विश्वकप फुटबलको समुह डी अन्तर्गतको मंगलबार राति भएको नाइजेरिया र अर्जेन्टिनाको खेल दुवै टोलीका लागि महत्वपूर्ण थियो । जसमा बराबरीको नतिजाले नाइजेरिया राउन्ड अफ सिक्सटिनमा पुग्न सक्थ्यो भने अर्जेन्टिनाको लागि जित आवश्यक थियो । 

यस्तो अवस्थामा नाइजेरियाको डी एरियाभित्र अर्जेन्टिनाका खेलाडीले पाखुरामा लागेको बलमा रेफ्रीले ह्याण्ड बल दिएनन् । माथिबाट आएको बललाई हेडिङ गर्ने प्रयासमा रहेका अर्जेन्टिनाका खेलाडीको पाखुरामा बल लागेको थियो ।

नाइजेरियाका खेलाडीहरुले सो ह्याण्डबल हुनुपर्ने माग गर्दै पेनाल्टि मागेका थिए तर रेफ्रीले भीएआर हेरेर सो बलमा पेनाल्टि नदिने निर्णय गरे । –गोल लाग्ने अवस्थामा जानीजानी बल छोएमा रेडकार्ड नै दिन्छ तर मंगलबारको खेलमा गोल छुने इन्टेन्सन थिएन ।

मैदानमा बललाई नियन्त्रणमा राख्ने क्रममा हातले बल छोएको खण्डमा ह्याण्डबल हुने फिफाको नियममा उल्लेख छ तर ह्याण्डबल दिँदा रेफ्रीले निम्न कुराहरुमा भने ध्यान पुर्याउनुपर्ने हुन्छ –
– खेलाडीको हात कुन हिसाबमा बलप्रति गएको छ भन्ने कुरा (बल कुन अवस्थामा खेलाडीको हातमा आयो भन्ने कुरा महत्वपूर्ण हुँदैन)
– बल र खेलाडीबीचको दूरी कति छ भन्ने कुरा (यो अनपेक्षित बलको लागि हो)
– कुनै किसिमको गल्ती भएको छ वा छैन भन्ने कुरा हात कुन अवस्थामा थियो भन्ने कुराले थाहा पाउन सकिँदैन । 
– हातको कपडा वा अन्य कुनै केही वस्तुले बललाई छोएको खण्डमा पनि त्यसलाई गल्ती मानिन्छ । 
– बललाई कुनै बुट साइनगार्डजस्ता वस्तुहरु निकालेर हान्नुलाई पनि गल्ती मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ