arrow

सेनाको पहलमा बन्यो पाल्पा टुडिखेलमा खानेपानी ट्यांकी

logo
सीता डोटेल,
प्रकाशित २०७५ असार १३ बुधबार
nepal-army-new.jpg.jpeg

पाल्पा ।  नेपाली सेनाको गोरखदल गणको पहलमा पाल्पाको टुडिखेलको छेउमा दुई हजार लिटर क्षमताको पानी ट्यांकीको निर्माण भएको छ ।

टुडिखेल घुमफिरमा आउनेहरुलाई मध्यनजगर गर्दै निर्माण गरिएको खानेपानिको ट्यांकीको तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले उद्घाटन गरे । उद्घाटनका अबसरमा नगर प्रमुख शाहीले गोरख दल गणको समाजप्रतिको सेवा ट्यांकी निर्माणले पनि झल्किएको बताए ।

गोरखदल गणका प्रमुख सेनानी सुरज थापाले टुडिखेल घुम्न आउनेलाई निकै राहत पुुग्ने बताउदै तानसेन बजार भित्र कुनै पनि ठाउँमा स्वच्छ खानेपानिको व्यवस्था नभएको कारण टुडिखेलमा खानेपानिको आवश्यकता खड्किएर ट्यांकी निर्माण गरेको बताए । हाल जिल्ला सदरमुुकाम तानसेनमा माग भन्दा न्युन मात्रामा खानेपानी उपलब्ध छ ।

 गोरखदल गणका सकलदर्जाको अथक परिश्रम र खानेपानी तथा सरसफाई सडक डिभिजन कार्यालयको प्राविधिक सहयोगमा सर्वसाधारणलाई लक्षित गरी ट्यांकीको निर्माण गरिएको हो । स्वच्छ खानेपानिको ट्यांकीको निर्माण भएसँगै अव तानसेनको टुडिखेल घुम्न आउने पर्यटकलाई बोतलको मिनिरल वाटरकै भर पर्नुपर्ने बाध्यता हटेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ