arrow

परिक्षा बोर्डका अधिकारीहरूलाई कार्वाही गर्न नेविसंघको माग

logo
प्रकाशित २०७५ असार १३ बुधबार
nsu-see.jpg

काठमाडौं । गत शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा (एसईई)को परिक्षाफलमा त्रुटि फेला परेपछि रुष्ट भएको नेपाल विद्यार्थी संघले लापरवाही गर्ने परिक्षा बोर्डका अधिकारीहरूलाई कार्वाहीको माग गरेको छ ।

नेविसंघले लापरवाहीमा संलग्नहरूलाई कार्वाहीको माग गर्दै शिक्षा मन्त्रीलाई ज्ञापनपत्र दिएको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले एसईईको परीक्षाफल जस्तो सम्बेदनशील विषयमा राष्ट्रिय परीक्षा बोर्डमा भएको लापरबाही  क्षम्य नभएकोले सरकारले तत्काल कार्वाही गर्नुपर्ने बताए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बझाउँदै महामन्त्री काफ्लेले नेपाल सरकार, शिक्षा मन्त्रालय र मातहातका निकाय गैर जिम्मेवारी समेत भएको बताए ।  शिक्षा मन्त्रालय, मातहतका निकाय र मन्त्रालयको नेतृत्व गरेका मन्त्री पोखरेलको कार्य क्षमतामाथि समेत प्रश्न खडा भएको नेविसंघले जनाएको छ ।

लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने गरी एसईई परीक्षाको नतिजामा भएको त्रुटिको यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषी परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न नेवि संघले जोडदार माग गरेको छ ।

कार्यक्रममा नेवि संघका उपाध्यक्ष रामप्रसाद अधिकारी ,नविन राई, केन्द्रीय सदस्यहरु शुसिल भट्ट, रत्न हरि ढुंगेल, प्रकास सेढाइ, आर सी भट्टराई, ममता महत्तो र शैलेन्द्र शर्मा गौडेलको उपस्थिति रहेको थियो ।

त्यसैगरी विद्यार्थी नेताहरु निरञ्जन थापा, विपिन अधिकारी, डुजाङ शेर्पा, स्वेच्छा उप्रेती, पवन थापा, हरि आर्चाय, सुवाष घिमिरे, सान्त शिवाकोटी र सन्तोष गुरुङ लगायत विद्यार्थी नेताहरुको उपस्थिति थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ