arrow

सबैभन्दा फाइदामा जापान, पोल्याण्ड कमजोर [प्रिभ्यु]

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
japan-poland.jpg

काठमाडौं । विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा समूह ‘एच’ का दुई टोलीहरु जापान र पोल्याण्डको बीचमा खेल हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । 

समूहको शीर्षस्थानमा रहेको जापान केही बलियो अवस्थामा रहेको छ । एसियन मुलुकसँग चार अंक रहेको छ, जसको कारण उसको माथिल्लो चरणमा पुग्ने सम्भावना बलियो रहेको छ । पोल्याण्ड भने समूहको सबैभन्दा कमजोर देखिएको छ । पोल्याण्डले समूहको सुरुवाती दुवै खेलमा पराजयको सामना गरेको थियो । 

आफ्नो पहिलो खेलमा कोलम्बियालाई पराजित गरेको जापानले दोस्रो खेलमा सेनेगलसँग बराबरी खेलेको थियो । यस्तोमा बिहिबारको खेलमा कम्तीमा बराबरीको नतिजा हासिल गर्ने दाउ जापानको रहेने छ । बराबरीको नतिजाले पनि उसलाई माथिल्लो चरणमा पुर्याउनेछ तर यदि खेलमा पोल्याण्डसँग हारको सामना गरेको खण्डमा भने उसको माथिल्लो चरणको भाग्य सेनेगल र कोलम्बियाको नतिजामा निर्भर हुनेछ । 

पोल्याण्ड यो प्रतियोगिताबाट बाहिरिसकेको टोली हो । जसको कारण उसले बिहिबारको खेलमा बिना कुनै दबाब खेल्नेछ । यस्तोमा अन्तिम खेलमा जित हासिल गर्नु लक्ष्य हुनसक्छ ।

यदि पोल्याण्डले जापानलाई पराजित गरेको खण्डमा भने जापानले कोलम्बियाको हारको कामना गर्नुपर्ने हुन्छ वा सेनेगलले पनि कोलम्बियासँग फराकिलो अन्तरले हार्नुपर्ने हुन्छ । त्यसैले जापानको लागि आफ्नै खेलमा निर्भर रहँदै माथिल्लो चरणमा जानका लागि कम्तीमा बराबरीको नतिजा हासिल गर्नु जरुरी छ । 

हेड टु हेड 
यसअघि जापान र पोल्याण्डको बीचमा दुईपटक प्रतिस्पर्धा भएको छ । जसमा दुवैपटक जापानले बाजी मारेको छ । यद्यपि उनीहरुको बीचमा सन् २००२ यता भने कुनै पनि प्रतिस्पर्धा भएको छैन । 

प्लेयर्स टु वाच 
पियटर जिइलिन्स्की (पोल्याण्ड) 

पोल्याण्डका प्रमुख खेलाडी मानिएका रोबर्ट लेवान्डोस्की पछिल्लो समय आफ्नो प्रदर्शनमा सुधारको लागि संघर्ष गरिरहेको अवस्थामा पोल्याण्डका यी खेलाडीले राम्रो भूमिका निर्वाह गर्न सक्छन् । उनले कोलम्बियाको खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए । 

टाकासी इनुई (जापान)
जापानका यी खेलाडीले सेनेगलविरुद्ध चाखलाग्दो प्रदर्शन गरेका थिए । जापानको मिडफिल्डमा यी खेलाडीको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ