arrow

कार किन्दा ऋण दिने भैंसी किन्दा नदिने बैंकहरुप्रति अर्थमन्त्रालय मौन

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
sachib_jyu.jpg

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बैंकहरुले कार किन्दा सुलभ रुपमा ऋण दिने गरेको तर किसानलाई भैंसी किन्दा ऋण नदिने परिपाटीको अब अन्त्य गर्नुपर्ने बताएका छन् ।  

उनले भने,‘बैंकहरुले कार किन्दा लोन दिन्छन् तर भैंसी किन्दा दिँदैन्, यसले किसानलाई प्रोत्साहन गरेन, अहिले यसबारेमा व्यापक जन गुनासो छ, अर्थमन्त्रालयले अब बैंकहरुलाई म्याण्डेटरी बनाउनुपर्छ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव जिसीले ५ वर्षमा अहिलेको कृषि उत्पादनलाई दोब्बर बनाउने र आगामी २ देखि ३ वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सुनाए ।

उनले भने,‘कृषिले नेपालको अर्थतन्त्रमा धेरै ठूलो योगदान पुर्याएको छ, त्यसमापनि धानको योगदान धेरै छ, कृषिले २९-३० प्रतिशत योगदान अर्थतन्त्रमा पुर्याएको छ, धानको मात्रै २० देखि २१ प्रतिशत योगदान छ।’
 
१५ औं राष्ट्रिय धान दिवस काठमाडौंको दक्षिणकालीमा मनाउन गैरहेको पनि उनले जनाए । उनले भने,‘भोलि हामी देशैभरि धान दिवस मनाउन गैरहेका छौं, काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा दक्षिणकालीमा मनाउँदैछौं।’

उनले भोलि असार १५ अर्थात राष्ट्रिय धान दिवस आफूहरुले ‘धान उत्पादमा वृद्धि, मुलुकको राष्ट्रिय समृद्धि’ भन्ने मूल नाराका साथ मनाउन गैरहेको पनि जनाए । उनले भने,‘धानमा उन्नत बिउ हामीलाई बढि चाहिएको छ, अहिले धान उत्पादनमा कमी हुनु भनेको सिंचित क्षेत्र कम भएर हो, जहाँ÷जहाँ सिंचित आयोजनाहरु छन्, ती-ती क्षेत्रमा उत्पादन बढि छ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ