विनियोजित बजेटमाथि अर्थमन्त्री खतिवडाले दिए यस्तो जवाफ
प्रकाशित २०७५ असार १४ बिहिबार
386
Shares
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले विनियोजित गरेको बजेटको सम्बन्धमा बिहीबार संसदमा जवाफ दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा संसदमा बजेटका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको अर्थमन्त्री खतिवडाले जवाफ दिएका हुन् ।
सांसदहरुले सरकारले ल्याएको बजेटमार्फत विभिन्न वस्तुमा कर बढाइएका कारण पछिल्लो समय महंगी बढेको भन्ने भनाईको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले केही वस्तुमा मात्रै कर बढेको जवाफ दिएका हुन् । उनले केही वस्तुमा मात्रै सामान्य कर बढेका कारण मुल्य वृद्धि हुने सम्भनवना न्युन रहेको बताए । विभिन्न पार्टीका सांसदहरुले सरकारले कर बढाउनमा वल्र्डकप जितेको आरोप लगाएका थिए । सांसदहरुको वल्र्ड कप जितेको भनाई प्रति लक्षित गर्दै अर्थमन्त्री खतिवडाले वल्र्ड कप जितेको भन्ने सांसदहरुको आरोप निराधार रहेको टिप्पणी गरे ।
‘बजेट वक्तव्य मार्फत केही वस्तुको सामान्य कर बढेको छ’ उनले भने, ‘बजेटका कारण मुल्य वृद्धि भयो भन्नुको अर्थ छैन ।’ बजेटमा कर बढाइएका कारण मुल्य भयो भन्नु गलत रहेको र मुल्य वृद्धि हुने सम्भावना न्युन रहेको उनको भनाई थियो । त्यस्तै उनले सरकारले व्यक्तिगत आय करका दरहरु ३५ प्रतिशत बाट बढाएर ३६ प्रतिशत बनाएको भन्दै व्यक्तिगत आय कर एक प्रतिशत मात्रै बढाएको दावी गरे । त्यस्तै उनले सबै भन्दा न्युन कर तिर्नु पर्ने मान्छेले १५ प्रतिशत कर तिर्दै आएको भन्दै सो लाई घटाएर १० प्रतिशतमा झारेको समेत बताए ।
उनले अस्वभाविक आयात बढ्ने गरेको भन्दै केही बिलासिताका वस्तुमा करको दर बढाइएको बताए । मुल्य वृद्धिमा सबै भनदा बढी असर पार्ने मुल्य अभिवृद्धि कर रहेको तर, त्यसलाई सरकारले नचलाएको उनको जिकिर थियो । मुल्य अभिवृद्धि कर नबढाएका कारण वस्तुको मुल्यमा खासै असर नपर्ने उनले दावी गरे ।
त्यस्तै अर्थमन्त्री खतिवडाले कम उपयोग गरेर हुन सक्ने बस्तुको करको दायरा बढाएको बताउँदै दुरसञ्चार सेवा प्रदान गर्ने संस्थाको इन्टर सेवा प्रदायकलाई करको दायरामा ल्याइको समेत दावी गरे । त्यस्तै राजश्व संकलन गर्ने कर्मचारीहरुको भत्ता बारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले प्रोत्साहन भत्ता बन्द गरिएको बताए ।
यसअघि विभिन्न पार्टीका सांसदहरुले विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमा विभिन्न प्रश्नहरु उठाएका थिए ।